Trending
Prev Story
Next Story

साहित्यकार तथा पत्रकार पुष्पराज जोशीलाई युवा प्रतिभा पुरस्कार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 1 reactions

२३ असोज, धनगढी । युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले जोशीलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले …

साहित्यकार तथा पत्रकार पुष्पराज जोशीलाई युवा प्रतिभा पुरस्कार

२३ असोज, धनगढी । युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले जोशीलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानले शनिबार कोहलपुरस्थित पार्टी प्यालेसमा आयोजना गर्ने विशेष समारोहमा जोशीसहित विभिन्न विधाका चार जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा साहित्य पुरस्कारबाट साहित्यकार निरञ्जना चन्द ‘निरु’, कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट साहित्यकार मुस्तफा अहसन कुरेसी र कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट साहित्यकार विजयराज आचार्य पनि पुरस्कृत हुनेछन् ।

साहित्य सिर्जना र पत्रकारितामा सक्रिय जोशीको २०७२ मा मुक्तक सङ्ग्रह ‘शब्दछाल’ प्रकाशित भएको थियो । उनका विभिन्न फुटकर कविता, गजल तथा मुक्तकसमेत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार २०८३’ साहित्यकार खेमनाथ दाहाललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा भएको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय ...

#पुरस्कार #साहित्यकार
Compare →
Ekantipur
6h ago
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

#पुरस्कार
Compare →
Nagarik News
3d ago
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#पुरस्कार
Compare →
Bizshala
1w ago
क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको...

#पुरस्कार
Compare →

Related Stories

World News
Build #2612