Trending
Prev Story
Next Story

आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने

Ekantipur •
November 04, 2026 • 12:01 PM
1
1 reads 0 reactions

पछिल्लो समय न्यायालयमा बिचौलियाको प्रभाव, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा सरकारका विभिन्न निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने

पछिल्लो समय न्यायालयमा बिचौलियाको प्रभाव, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा सरकारका विभिन्न निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

काठमाडौँ — कांग्रेसले समसामयिक राजनीतिक तथा सार्वजनिक चासोका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । त्यसअघि बुधबार पार्टी पदाधिकारी बैठक बसेको थियो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) को बर्खास्तीदेखि न्यायालयमा बिचौलियाको संलग्नता सार्वजनिक भएको घटनासम्मका विषयमा पार्टीले धारणा सार्वजनिक गर्न लागेको हो ।

पछिल्लो समय न्यायालयमा बिचौलियाको प्रभाव, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा सरकारका विभिन्न निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारी बैठकपछि पार्टीका तर्फबाट समसामयिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । उक्त धारणामार्फत कांग्रेसले पछिल्ला घटनाक्रम र सरकारका कामकारबाहीप्रति आफ्नो दृष्टिकोण स्पष्ट पार्ने स्नेहीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयो...

#कांग्रेस #बिचौलिया
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#कांग्रेस #बिचौलिया
Compare →
Onlinekhabar
10h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611