Trending
Prev Story
Next Story

मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

Ekantipur •
November 04, 2026 • 12:01 PM
1
1 reads 0 reactions

सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो ।

मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले लोकतन्त्रको वास्तविक अवस्था प्रेसले निर्भयपूर्वक लेख्न र बोल्न पाउने अवस्थाबाट मापन हुने बताएका छन्। सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

बुधबार पार्टीको समसामयिक राजनीतिक धारणा सार्वजनिक गर्दै शर्माले हालै केही सञ्चारकर्मीमाथि भएको धरपकडको घटनामा अन्य मिडिया हाउसले पर्याप्त चासो नदेखाएकोप्रति प्रश्न उठाए।

‘के तपाईंहरू सुरक्षित हुनुहुन्छ ? कुनै पनि प्रिन्ट मिडियाले व्याकुल पोस्ट गरेको देखिएन। कुनै मिडिया हाउसले आफ्नो अनुभूतिका रूपमा लिएको जस्तो पनि देखिएन,’ उनले भने, ‘हामीले सोध्यौं, अघिल्लोपटक किन गाडी राखियो ? गाडी राख्ने कुराको पछाडि सत्तारुढ पार्टीलाई निर्देशन गरियो भन्ने कुरा आयो। छानबिन गर भनेर भनियो। तर तथ्य कहाँ छ ? निर्देशन कहाँ छ ? त्यो समाचार छाप्ने मिडिया कहाँ छ ?’

उनले सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकार नभएको बताए। प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो।

‘लोकतन्त्रमा मिडिया कमजोर भयो भने साँचो अर्थमा लोकतन्त्र रहँदैन। कुनै देशमा लोकतन्त्र छ वा छैन भन्ने कुराको सबैभन्दा बलियो आधार प्रेसले निर्भयपूर्वक लेख्न र बोल्न पाइरहेको छ कि छैन भन्ने हो,’ शर्माले भने।

उनले नेपालको संविधान र गणतन्त्र स्थापना गर्ने आन्दोलनमा राजनीतिक दलसँगै सञ्चारमाध्यमले खेलेको अग्रणी भूमिकाको स्मरणसमेत गरे।

‘नेपालमा बनेको संविधान र गणतन्त्रको व्यवस्था स्थापना गर्न राजनीतिक दलहरूभन्दा सबैभन्दा अग्रपंक्तिमा मिडिया लडेको स्मरण गराउन चाहन्छु,’ उनले भने।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको  आग्रह

सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला का...

#शर्मा #बताए #विश्वप्रकाश
Compare →
Onlinekhabar
4h ago
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको …

#शर्मा
Compare →

Related Stories

Politics & Governance
Build #2611