Trending
Prev Story
Next Story

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

Onlinekhabar •
November 04, 2026 • 12:01 PM
1
1 reads 0 reactions

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब …

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ ।

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए।

“क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुक्खा पहिरो झरिरहेको छ”, वडाध्यक्ष लामाले भने “मङ्गलबार बिहान ११ः०० बजेतिर धुवाँ उडेर पहिरो झर्‍यो । हामी एक बजेतिर गएर हेरेर फर्किंयौं । फेरि अहिले गए राति उस्तैगरी झर्‍यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।”

लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म ३०० मिटरभन्दा लामो पहिरो झरेको छ । “आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ”, उनले भने, “डाँडाबाट खोलासम्मचाहिँ करिब ३०० मिटर जति छ । अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन ।”

उक्त पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या भएको छ । “गुम्बामा लामा पढ्ने विद्यार्थी २०० जना जति छन् । लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी २०० जना गुम्बामा छन्”, वडाध्यक्ष लामाले भने, “उनीहरुलाई रासनलगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।”

गोरखाको हिमाली भेगतिर धमाधम सुक्खा पहिरो र हिमपहिरो झर्न थालेपछि स्थानीयबासी चिन्तित छन् । “खै अचेल हाम्रो हिमालतिर के भएको हो ?”, वडाध्यक्ष लामाले चिन्ता व्यक्त गरे, “केही समयअघि गत असोज २५ गते सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो ।”

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #सुक्खा
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#पहिरो #सुक्खा
Compare →
Hamro Patro News
4d ago
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं- चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिर...

#पहिरो #सुक्खा
Compare →
Ekantipur
4d ago
घोप्टेभीरको पहिरो हटाउन अझै ३ घण्टा लाग्ने

घोप्टेभीरको पहिरो हटाउन अझै ३ घण्टा लाग्ने

ठूलो सुक्खा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध बनेको छ भने थप पहिरो नआए तीन घण्टाभित्र यातायात खुल्नेछ।

#पहिरो #सुक्खा
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

World News
Build #2612