Trending
Prev Story
Next Story

मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

Onlinekhabar •
November 04, 2026 • 11:31 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध …

मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

बुधबार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले आफूले संसद्मा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराए । उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको दाबी गरे ।

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पती विवरण बुझाएको जानकारी दिए ।

पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङदेनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने कार्य नगर्न सचेत गराए ।

‘म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु । त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ । अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ,’ उनले भने, ‘तर नेतृत्वका आकाङ्क्क्षी साथीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्कालाई होच्याउने र पार्टीको मनोबल कमजोर बनाउने काम गर्नु हुँदैन । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्छ ।’

उनले आफ्नो अडान ‘सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको’ जिकिर गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन, यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराइने सरकारको आश्वासन

भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन, यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराइने सरकारको आश्वासन

काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । विभिन्न माग राख्दै मृतकका आफन्तले शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले हेटौंडा अस...

#छानबिन #काठमाडौं
Compare →
Arthasansar
11h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #छानबिन
Compare →

Related Stories

World News
Build #2611