Trending
Prev Story
Next Story

विराट एक्स्पोमा लगानी र उद्यमशीलतालाई प्राथमिकता दिइने

Ekantipur •
November 04, 2026 • 10:01 AM
1
1 reads 0 reactions

विराटनगरमा पुस २ देखि ११ गतेसम्म हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल, बिजनेस समिट र व्यावसायिक सहकार्यका कार्यक्रम सञ्चालन हुनेछन्।

विराट एक्स्पोमा लगानी र उद्यमशीलतालाई प्राथमिकता दिइने

विराटनगरमा पुस २ देखि ११ गतेसम्म हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल, बिजनेस समिट र व्यावसायिक सहकार्यका कार्यक्रम सञ्चालन हुनेछन्।

विराटनगर — उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको विराट एक्स्पोको नवौं संस्करणमा यसपटक लगानी, उद्यमशीलता र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिइने भएको छ ।

उद्योग संगठन, मोरङले आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा एक्स्पो आयोजना गर्न लागेको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत ‘अवसरको पारिस्थितिक प्रणाली’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोमा २ सय ७५ भन्दा बढी स्टल रहनेछन् । जसमा करिब १ सय ५० औद्योगिक तथा कर्पोरेट स्टल, ५० कृषि तथा साना उद्यमका स्टल, २० अटोमोबाइल, १५ प्रायोजकका विशेष बुथ, १२ खाद्य, १० व्यवसाय विकास सेवा, १० तालिम प्रदायक र १० साना तथा वृद्धिउन्मुख उद्यमका स्टल रहनेछन् । बाल उद्यम, शैक्षिक तथा स्वास्थ्य संस्था र बैंक तथा वित्तीय संस्थाको पनि सहभागिता रहनेछ ।

करिब तीन दशकअघि उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा ल्याउने उद्देश्यले सुरु भएको एक्स्पोलाई यसपटक व्यावसायिक अवसर आदानप्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको एक्स्पोका संयोजक विपिन काब्राले जनाए । ‘त्यसका लागि विद्यार्थी, युवा, उद्यमी, लगानीकर्ता र उद्योगीलाई जोड्ने गरी ६ वटा मुख्य प्लेटफर्म तयार गरिएको छ’, उनले भने ।

एक्स्पोमा विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, रोजगारी र सीप विकासका अवसरसाग जोड्न ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुनेछ । यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, हस्पिटालिटी, ब्युटी एन्ड वेलनेस तथा स्वास्थ्यलगायत आठ क्षेत्रमा सीप तथा तालिम प्रदायकका बुथ रहनेछन् । त्यस्तै, नयाँ उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप तथा उद्यमशीलता पेभिलियन निर्माण गरिनेछ । यसमा मेकर स्पेस, डिजाइन थिन्किङ, बुटक्याम्प र नयाँ तथा वृद्धिउन्मुख उद्यमका उत्पादन प्रदर्शन गरिने संयोजक काव्राले जनाए । उद्यमीलाई व्यवसाय दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, ढुवानी तथा बजार पहुँचका सेवा उपलब्ध गराउन ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज’ (बीडीएस) कनेक्ट पनि सञ्चालन हुनेछ ।

एक्स्पोको अर्को प्रमुख आकर्षण तीनदिने ‘बिराट बिजनेस समिट २०२६’ हुनेछ । ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा केन्द्रित सम्मेलनमा लगानी, बजार विस्तार र नीतिगत विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलनमा कोशी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघलाई विशेष रूपमा सहभागी गराइनेछ । प्रत्येक दिन ६ वटा जिल्लाका प्रतिनिधिमण्डलले आफ्नो क्षेत्रको आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन् । यसअनुसार तीन दिनमा १८ जिल्लाका लगानी तथा व्यावसायिक अवसरबारे जानकारी दिइने आयोजकले बताएका छन् । नेपाल–भारत र नेपाल–बंगलादेश बिजनेस फोरम, व्यवसायीबीचको प्रत्यक्ष भेटघाट (बीटुबी) तथा विषयगत छलफल पनि हुने आयोजक संस्याका अध्यक्ष नन्दकिशोरी राठीले जनाए ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादन पनि प्रदर्शन गरिनेछन् । उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल, खाद्य तथा मनोरञ्जनात्मक गतिविधि एक्स्पोका अन्य आकर्षण हुनेछन् ।

आयोजकले एक्स्पोमा करिब २ लाख ५० हजार दर्शक, ३ सय भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता र २५ हजार विद्यार्थीको उपस्थिति हुने लक्ष्य राखेका छन् । त्यस्तै, १ हजार ५ सयभन्दा बढी व्यावसायिक म्याचमेकिङ तथा सम्पर्क निर्माण गर्ने, २ हजार युवालाई रोजगारीका अवसरसाग जोड्ने र कम्तीमा २० लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य छ । एक्स्पोको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने पावर्ड बाइ पार्टनर सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स छ । प्रवर्द्धक संस्थामा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश रहेका छन् ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
अब बढ्दै छ विराटनगर किङ्सको चिन्ता

अब बढ्दै छ विराटनगर किङ्सको चिन्ता

विस्फोटक ब्याटिङका लागि परिचित विराटनगर किङ्सलाई काठमान्डु गोर्खाजले बलिङको शक्तिमा निरीह बनाएको छ। रनको वर्षा गर्दै आएका विराटनगरका ब्याटरलाई एकपछि अर्को गर्दै पभेलियन फर्काए। यससँगै काठमान्डुले न...

#विराटनगर #विराट
Compare →
Onlinekhabar
1w ago
विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ

विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुरुवाती दुई खेलमा पराजित भएपछि दुई जितका साथ पुनरागमन गरेको विराटनगर किङ्सले पाँचौं खेलमा झट्का बेहोरेको छ । ब्याटिङ एकाएक धराशायी बन्दा काठमाडौं गोर्खाजविरुद्ध बिहीबार ८३ …

#विराटनगर #विराट
Compare →
Nagarik News
1w ago
विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ।

#विराटनगर #विराट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #विराट
Compare →

Related Stories

Business & Economy
Build #2611