Trending
Prev Story
Next Story

सेयर बजार १.४० अंकले बढ्यो, कारोबार ७ अर्ब माथि

Arthasansar •
November 04, 2026 • 09:35 AM
1
1 reads 0 reactions

लगातार दोस्रो दिन पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज १.४० अंकले बढेर...

सेयर बजार १.४० अंकले बढ्यो, कारोबार ७ अर्ब माथि

लगातार दोस्रो दिन पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज १.४० अंकले बढेर कारोबार भएको हो ।

निकै उतारचढाब बीच अन्तिममा बजार बढेर बन्द भएको हो । २६८५ विन्दुसम्म पुगेको बजार अन्तिममा भने २६६५.५३ विन्दुमा पुगेर रोकियो । आज सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ९८ कम्पनीको मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्क भने घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेर ४८०.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ । परिसूचक झिनो अंकले बढेको दिन करिब साढे ७ अर्बको कारोबार भएको छ ।

बुधबार नेप्सेमा ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर ५९ हजार १८५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघि र यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार सेयर बजार परिसूचक २.६४ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक...

#शेयर-बजार #अंक #बढेर
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #बढे #परिसूचक
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #अंक
Compare →
Ekantipur
1w ago
नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

आजको बजारमा CREST र GCIL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2611