Trending
Prev Story
Next Story

संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ?

Ekantipur •
November 04, 2026 • 09:01 AM
1
1 reads 0 reactions

सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो

संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ?

सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो

काठमाडौँ — निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । तर, यति ठूलो संख्यामा मतदाताहरु डेमोक्रेटिक पार्टीका पक्षमा उभिन्छन् भन्ने अनुमान गरिएको थिएन ।

यसपटक डेमोक्रेटिक पार्टीको विजय धेरै अर्थमा महत्वपूर्ण रह्यो । परम्परागत रुपमा रिपब्लिकन पार्टीको किल्ला मानिएका क्षेत्रमा पनि डेमोक्रेट्स विजयी भए ।

टेक्सासमा जेम्स टालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई  पराजित गरे । विगत ३८ वर्षयता यस राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार  सिनेटर चुनिएको यो पहिलोपटक हो ।

दक्षिण क्यारोलिनामा पनि डेमोक्रेटिक पार्टीले सिनेटको सिट खोसेको छ । एक्काइसौं शताब्दीमा डेमोक्रेटिक पार्टीले यस राज्यमा सिनेटको चुनाव जितेको यो पहिलोपटक हो ।

पार्टीले इतिहास रचेको छ । यस शताब्दीमा डेमोक्रेट्सले त्यहाँ अमेरिकी सिनेटको निर्वाचन जितेका थिएनन् ।

ट्रम्पलाई तीनपटक मत खसालेको राज्य ओहायोको सिनेट दौडमा यसपटक डेमोक्रेटिक उम्मेदवार सिरोड ब्राउनले बाजी मारे । क्यान्सासमा डेमोक्रेट एडम हेमिल्टनले  रिपब्लिकन उम्मेदवार रोजर मार्सललाई सहजै पराजित गरे। सन् १९३२ यता डेमोक्रेट्सले क्यानसासमा डेमोक्रेटिक उम्मेदवार सिनेटमा विजयी भएको यो पहिलोपटक हो ।

तल्लो सदन प्रतिनिधिसभामा पनि डेमोक्रेटिक पार्टीको बहुमत आउने देखिएको छ । अमेरिकी समाचार एजेन्सी एपीको प्रक्षेपणअनुसार २ सय २५ सिटमा डेमोक्रेटिक पार्टी र १ सय ३७ सिटमा रिपब्लिकन विजयी हुने देखिन्छ । यद्यपि, अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै छ ।

डेमोक्रेट्सले केही महिनाअघिसम्म असम्भवजस्तै देखिएका रिपब्लिकन पार्टीका किल्लाहरुमा पनि आफ्ना उम्मेदवार खडा गर्ने रणनीति बनाएका थिए । उनीहरुले बढ्दो मूल्यवृद्धि , आप्रवासनमा गरिएको कडाई र इरान युद्धको विषयलाई चुनावमा जर्बजस्त रुपमा उठाए । जसकारण, मूल्यवृद्धिले आक्रान्त जनताहरु उनीहरका पक्षमा खडा भएको देखियो ।

तर, संसद्का दुबै सदन (सिनेट र प्रतिनिधिसभा) मा प्राप्त बलिया जनमत डेमोक्रेट्सका लागि दबाबपूर्ण पनि हुनेछ । अब उनीहरुले ट्रम्पको विरोध गरेर मात्रै पुग्नेछैन । बरु, जनताका आर्थिक चिन्ताहरुलाई जिम्मेवार ढंगले सम्बोधन गर्न लाग्नुपर्नेछ  । किनकि, मतदाताले आगामी दिनमा हुने मूल्यवृद्धि र दैनिक जीवनका समस्यामा डेमोक्रेटिक पार्टीलाई पनि उत्तिकै जिम्मेवार ठान्नेछन् । राष्ट्रपति ट्रम्पसँग भिटो अधिकार कायम रहने हुनाले सदनले पारित गर्न सक्ने कानुनहरूमा हस्ताक्षर गर्न उनले आनेकानी गर्नसक्छन् । ट्रम्पले सञ्चारमाध्यमहरूलाई आफूले निर्वाचनको परिणाम स्वीकार गर्ने र डेमोक्रेट्ससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

ट्रम्पले मतदाताहरूलाई भनेका थिए, ‘म उम्मेदवार छैन । तर, चुनावी मैदानमा छु भन्ने सोचेर रिपब्लिकन पार्टीका उम्मेदावरहरुलाई भोट गर्नुस् ।’ उनी चुनावी अभियानमा निकै सक्रिय देखिएका थिए ।

मतदाताहरुले पनि त्यस्तै गरे, उनीहरुले ट्रम्पका नीतिहरुको भारी बोकाउँदै रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई हराइदिए । ट्रम्पका एजेन्डासँग सहमत भएर दुई वर्षअघि उनलाई विजयी गराएका जनताहरु पछिल्लो समय उनको व्यवहारबाट हैरान भएको यसले देखाएको छ ।

एपीसहित प्रमुख अमेरिकी सञ्चारमाध्यमहरुले गरेको सर्वेक्षणअनुसार झण्डै १० मध्ये ९ जनाले आफ्नो मतदानको निर्णयमा जीवनयापनको बढ्दो खर्च निर्णायक कारकको रुपमा रहेको बताएका थिए ।

सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो । उनको लोकप्रियता घटेर ऐतिहासिक रूपमै तल झर्‍यो । जसकारण, निर्वाचनमा उनको सक्रियताले उल्टै परिणाम बिगार्नसक्ने भय रिपब्लिकन उम्मेदवारहरुलाई थियो ।

एपीले गरेको सर्वेक्षणका क्रममा झन्डै दुई तिहाइ मतदाताले महँगीका लागि ट्रम्पलाई जिम्मेवार ठहराएका छन् । तीन चौथाइले देशको दिशानिर्देशप्रति आफूहरू क्रुद्ध वा असन्तुष्ट रहेको बताएका छन्। मतदाताहरूले सरकारी भ्रष्टाचारप्रति पनि व्यापक चिन्ता व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
पुटिन र ट्रम्पको असफलताबाट सीले के सिक्लान्?

पुटिन र ट्रम्पको असफलताबाट सीले के सिक्लान्?

सन् २०२२ फेब्रुअरीमा रुसले किएभ कब्जा गर्न नसकेको प्रसङ्ग उठाउँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा पश्चात्तापको भाव झल्किन्छ। गत महिना ह्वाइट हाउसमा यसबारे बोल्दै उनले भनेका थिए, ‘उनीहरूक...

#ट्रम्प #सन्
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#ट्रम्प #चुनाव
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Nagarik News
14h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611