Trending
Prev Story
Next Story

नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

Onlinekhabar •
November 04, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । बुधबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै …

नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

१८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

बुधबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराखी निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका हुन् ।

उनले पछिल्लो तीन दशकको उपलब्धिलाई मात्र पर्याप्त नमानेर नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यान दिँदै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको मन्त्री श्रेष्ठले धारणा राखे ।

सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको भन्दै उनले यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभइ स्थानीय तहको आर्थिक विकास, ऊर्जामा आत्मनिर्भरताको नयाँ अभ्यास पनि भएको बताए ।

प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकतालाई समेत अध्ययन गरी योजना बनाउनुपर्ने भएकाले ग्यासमुक्त पालिकाको अवधारणालाई कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्यु...

#ऊर्जा #ऊर्जामन्त्री
Compare →
Nagarik News
1w ago
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।

#ऊर्जा #ऊर्जामन्त्री
Compare →
Arthasansar
2w ago
नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल र श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै देशबीच ज्ञान र अनुभव...

#ऊर्जा
Compare →
Ekantipur
2w ago
५ महिनाअघि तयार भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ मस्यौदा अझै टुंगिएन

५ महिनाअघि तयार भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ मस्यौदा अझै टुंगिएन

मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा एक महिनामै तयार भएको 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति' सम्बद्ध निकायको राय-सुझाव समेटेर अन्तिम रूप दिने प्रक्रियामै अल्झिएको छ ।

#ऊर्जा
Compare →
Bizshala
1w ago
ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन,  कर्मचारीका गुनासा सुने

ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन, कर्मचारीका गुनासा सुने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको...

#ऊर्जा #ऊर्जामन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611