बैठक केही बेरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, तर मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी दिइएको छैन।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बस्ने भएको हो ।
एक मन्त्रीका अनुसार आकस्मिक रूपमा बैठक बोलाइएको हो । ‘हामीलाई छोटो सूचनामा बैठकमा आउन भनिएको छ,’ ती मन्त्रीले कान्तिपुरसँग भने, ‘बैठकका एजेन्डा के छन् थाहा छैन ।’
मन्त्रिपरिषद्को बैठक मंगलबार पनि बसेको थियो ।