केदारस्युँ–७ भामचौरनजिक सुडेधार खोलामा भएको दुर्घटनामा जिपमा सवार १३ जनामध्ये एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी छ।
बझाङ — केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजरस्थित सुडेधार खोलामा जिप दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
स्थानीयबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार जिपमा १३ जना सवार थिए । दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक दीपक बिष्टले बताए ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।