Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

Bizshala •
October 22, 2026 • 01:00 PM
1
1 reads 0 reactions

काठमाण्डौ ।  माछापुच्छ्रे बैंक लिमिटेडले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वसनीय बनाउने...

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ ।  माछापुच्छ्रे बैंक लिमिटेडले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले युनाइटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ।

सम्झौताअनुसार बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न मुलुकबाट मनीग्राम तथा टीएमएल रेमिट्यान्समार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकको सञ्जालबाट सहज रूपमा भुक्तानी लिन सकिनेछ।

युनाइटेड रेमिट सीजी ग्रुपद्वारा प्रवर्द्धित रेमिट्यान्स कम्पनी हो। यस सहकार्यसँगै विभिन्न देशमा रहेका युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत देशभर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यो सहकार्यले विदेशबाट पठाइने रकम नेपालमा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउनुका साथै रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले हाल १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी २५५ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। त्यस्तै बैंकका १९४ एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले देशभर १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रो...

#युनाइटेड
Compare →

Related Stories

Business & Economy
Build #2611