Trending
Prev Story
Next Story

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

Onlinekhabar •
November 04, 2026 • 04:30 AM
1
1 reads 0 reactions

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित …

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद एक लाख ७२ हजार ३०० रुपैयाँ समेत बरामद गरिएको छ ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

#भारतीय #कात्तिक
Compare →
Nagarik News
10h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →
Ekantipur
2d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →

Related Stories

World News
Build #2611