Trending
Prev Story
Next Story

जाजरकोटमा भाइले गरे दाइको हत्या*

Ekantipur •
November 04, 2026 • 03:31 AM
1
1 reads 0 reactions

मंगलबार साँझ बाटोमा भएको घटनामा गम्भीर घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भयो भने आरोपित बले फरार छन्।

जाजरकोटमा भाइले गरे दाइको हत्या*

मंगलबार साँझ बाटोमा भएको घटनामा गम्भीर घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भयो भने आरोपित बले फरार छन्।

जाजरकोट — जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भाइले कोदालो प्रहार गर्दा दाइको मृत्यु भएको छ ।

जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठो बुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि धारिलो हतियार कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

प्रहरीका अनुसार घटना मंगलबार साँझ करिब ७:४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा भएको हो । घटनापछि बले थापा फरार भएका छन् ।

घटनाको जानकारी राति करिब ९:४० बजे प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले प्रयोग गरिएको कोदालो बारीमा फेला पारेको जनाएको छ। घटनामा संलग्न बले थापाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#घाइते #मृत्यु
Compare →
Nagarik News
15h ago
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले  पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

#घाइते #मृत्यु
Compare →
Onlinekhabar
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#घाइते #मृत्यु
Compare →

Related Stories

World News
Build #2611