Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

Ekantipur •
November 04, 2026 • 02:01 AM
1
1 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई पक्राउ गरेको हो।

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेत — डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक अनिलराज गिरीको कमाण्डमा खटिएको नौ जनाको टोलीले स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया छन्। परियार नकबजनी चोरी मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। उनले दुई वर्ष सात महिना कैद भुक्तान गर्न बाँकी छ। त्यस्तै, रोकाया जबर्जस्ती करणी मुद्दामा आठ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। उनको पनि दुई वर्ष सात महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरले कारागारबाट फरार अन्य चार कैदीको खोजी भइरहेको बताए। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#डोल्पा #नगरपालिका #कारागार
Compare →
Hamro Patro News
4d ago
डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ

डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिब...

#डोल्पा #नगरपालिका #कारागार
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार #फरार #कैदी
Compare →

Related Stories

National (Nepal)
Build #2611