Trending
Prev Story
Next Story

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु घटनामा परराष्ट्रद्वारा दुःख व्यक्त

Ekantipur •
October 22, 2026 • 01:00 PM
1
1 reads 0 reactions

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु घटनामा परराष्ट्रद्वारा दुःख व्यक्त

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

काठमाडौँ — साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको निन्दा गरेको छ । सरकारले संवाद, वार्ता र कूटनीतिक पहलमार्फत विवादको शान्तिपूर्ण समाधान गर्न आह्वान गरेको छ ।

साउदी अरब नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । त्यहाँ नेपालीहरू निर्माण, सुरक्षा, आतिथ्य सेवा र ऊर्जा क्षेत्रलगायतमा कार्यरत छन् । क्षेत्रीय तनाव र महत्त्वपूर्ण पूर्वाधारमाथि देखिएका सुरक्षा चुनौतीका बीच नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

साउदी अराम्कोले सञ्चालन गरेको शैबाह तेल क्षेत्र दक्षिणपूर्वी साउदी अरबको रुब अल खली मरुभूमिमा अवस्थित छ । खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारमाथि देखिएका सुरक्षा चुनौतीले श्रमिकको सुरक्षा र ऊर्जा आपूर्तिको स्थिरताबारे पनि चिन्ता बढाएको छ ।

नेपालले अन्तर्राष्ट्रिय विवादको समाधानका लागि संवाद, वार्ता र कूटनीतिक पहललाई समर्थन गर्दै आएको छ । साथै, सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षामा जोड दिँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#आक्रमण #ड्रोन
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#व्यक्त #दुःख
Compare →
Arthasansar
19h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#आक्रमण #ड्रोन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले …

#व्यक्त #दुःख
Compare →

Related Stories

National (Nepal)
Build #2612