Trending
Prev Story
Next Story

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

Arthasansar •
October 21, 2026 • 07:03 AM
1
1 reads 0 reactions

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास...

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ ।

शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको र साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइ माग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

बाँके, कात्तिक २६ गते । सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला...

#टीका
Compare →
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#टीका
Compare →

Related Stories

World News
Build #2612