Trending
Prev Story
Next Story

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

Nagarik News •
November 03, 2026 • 01:13 PM
1
1 reads 0 reactions

मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन्।

मन्त्री चौधरीले हानि तथा नोक्सानी कोषबाट नेपालले २ करोड १६ लाख अमेरिकी डलर प्राप्त गरेको र अनुकूलन कोषबाट करिब ४ करोड ५० लाख डलरका तीन परियोजना अघि बढाउन स्वीकृति पाएको जानकारी दिइन्। तर, जलवायु वित्त पर्याप्त, समयमै र ऋण नभई अनुदानका रूपमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो।

नेपालले भुटानसँग मिलेर हिमालमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको विषयलाई कोप–३१ को कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेको उनले बताइन्।

विकसित राष्ट्रहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन सहयोग तीन गुणा बढाउनुपर्ने र हिमाली समुदायका समस्या विश्व जलवायु वार्तामा प्राथमिकताका साथ उठाउनुपर्ने मन्त्री चौधरीले जोड दिइन्।

‘जलवायु कूटनीति दया माग्ने काम होइन, यो हाम्रो अधिकार, सबैको जिम्मेवारी र साझेदारीको कुरा हो,’ उनले भनिन्।

जलवायु वित्त स्थानीय तहसम्म पुर्‍याउँदै महिला, आदिवासी जनजाति, दलित तथा युवाको सहभागिता सुनिश्चित गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १७ कार्तिक २०८३ १८:५८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा ...

#जलवायु #कोप #न्याय
Compare →
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप #हिमाल
Compare →
Onlinekhabar
1d ago
जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु परिवर्तन आज वातावरण संरक्षणको विषय रहेन । यो विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीति, सामाजिक न्याय र विकासको अधिकारसँग जोडिएको गम्भीर सवाल बनेको छ। पृथ्वीको तापक्रम बढ्नु, हिमनदी पग्लिनु, समुद्री सतह उकासिनु, भूमिगत जल सतह घट्नु, …

#जलवायु #न्याय #हिमाल
Compare →
Ekantipur
9h ago
कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2611