Trending
Prev Story
Next Story

जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन

Ekantipur •
November 03, 2026 • 01:32 PM
1
1 reads 0 reactions

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति नलिएको र पीडित अस्थायी टहरामै बस्नुपरेको भन्दै सहभागीले राज्यको ध्यानाकर्षण गराए ।

जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति नलिएको र पीडित अस्थायी टहरामै बस्नुपरेको भन्दै सहभागीले राज्यको ध्यानाकर्षण गराए ।

जाजरकोट — २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका नागरिकको स्मृतिमा जाजरकोटमा दीप प्रज्वलन गरिएको छ। भूकम्पमा दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारको दुःख र पुनर्निर्माणको अवस्थाप्रति ध्यानाकर्षण गराउन दीप प्रज्वलन गरिएको हो।

गैरसरकारी संस्था महासंघ जाजरकोटको आयोजनामा गरिएको दीप प्रज्वलन सभामा भूकम्पमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागीले भूकम्पबाट प्रभावित नागरिकको पीडा स्मरण गर्दै पुनर्निर्माणमा राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको बताए।

दीप प्रज्वलन सभामा बोल्दै गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले भूकम्प गएको तीन वर्ष पूरा हुँदा पनि सरकारले पुनर्निर्माणको कामलाई गति दिन नसकेको बताए । उनले अझै पनि भूकम्पपीडित नागरिक अस्थायी टहरामा कष्टकर जीवन बिताउन बाध्य रहेको उल्लेख गर्दै राज्यले पीडितलाई तत्काल स्थायी पुनर्निर्माणको प्रक्रियामा जोड्नुपर्ने माग गरे।

‘भूकम्पले घरबारविहीन बनाएका नागरिकले वर्षौँसम्म अस्थायी टहरामा जीवन बिताउनुपर्ने अवस्था दुःखद छ,’ उनले भने, ‘सरकारले पुनर्निर्माणमा भइरहेको ढिलाइ अन्त्य गरी पीडितलाई सुरक्षित र स्थायी आवासको व्यवस्था गर्नुपर्छ।’

२०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरी १५४ जनाले ज्यान गुमाएका थिए। भूकम्पले हजारौं घरमा क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा नागरिकलाई विस्थापित गरेको थियो।

भूकम्पमा ज्यान गुमाएका नागरिकको स्मृतिमा गरिएको दीप प्रज्वलनले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै पुनर्निर्माणमा भइरहेको ढिलाइ र पीडितको कठिन जीवनप्रति राज्यको ध्यानाकर्षण गराएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो

उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो

अँध्यारोलाई चिरेर उज्यालोतर्फको यात्रा तय गर्न सक्नु नै चाडपर्वको वास्तविक सम्मान हो। किनकि उज्यालो भनेको घरमा दीप प्रज्वलन गर्नु मात्र होइन, समाजमा न्याय, समानता र सद्भावको ज्योति फैलाउनु पनि हो। ...

#दीप
Compare →
Nagarik News
5d ago
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

#भूकम्प
Compare →
Onlinekhabar
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

#भूकम्प
Compare →

Related Stories

Science & Climate
Build #2611