Trending
Prev Story
Next Story

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

Onlinekhabar •
November 03, 2026 • 01:30 PM
1
1 reads 0 reactions

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा  खानतलासी गर्दै पक्राउ गरिएको बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कामीको घरमा खानतलासी गर्दा भरुवा बन्दुकमा प्रयोग हुने फलामका नाल २ थान, हातहतियार बनाउन प्रयोग हुने रेती ३ थान, छिना २ थान, कस्सा १ थान, माछा आकारको पित्तलको प्लेट १ थान र स्क्रु २ थान बरामद गरिएको छ ।

त्यस्तै, घरको पछाडिपट्टि जमिनमुनि खाल्टोमा लुकाइछिपाइ राखिएको पुरानो भरुवा बन्दुक एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल ६ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद विशेष सूचनापछि बाबियाचौर प्रहरी टोलीले पानीडाँडा सामुदायिक वनमा खोजी गर्दा तीन बेसाबुत र पाँच साबुत बन्दुक फेला पारेको हो। कार्तिक २०, २०८३ ज्योति कटुवाल सुर...

#भरुवा #बन्दुक
Compare →
Ekantipur
1w ago
सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्।

#भरुवा #बन्दुक
Compare →
Nagarik News
5d ago
बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ।

#भरुवा #बन्दुक
Compare →
Arthasansar
1w ago
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद...

#बनाउने
Compare →

Related Stories

Technology
Build #2611