Trending
Prev Story
Next Story

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

Onlinekhabar •
November 03, 2026 • 01:30 PM
1
1 reads 0 reactions

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले …

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ ।

‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो ।

‎कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा सुरु गरिएको छ । केही दिनभित्रै जिल्लाका सबै पालिकालाई एकमुष्ट रूपमा लाइसेन्स हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

‎‎बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले कार्यालयको यस कार्यले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै सकारात्मक सन्देश दिएको बताए । ‎

‎यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशीप्रसाद यादवले पालिकालाई लाइसेन्स हस्तान्तरण गरेपछि स्थानीय तहले सेवाग्राहीको घरघरमै पुगेर वितरण गर्न सक्ने बताए ।

‘‎लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पुर्‍याउन थालेका छौँ,’ कार्यालय प्रमुख यादवले बताए ।

‎‎बोदेबरसाईन नगरपालिका–१० का उमेश कुमार यादवले पालिकाबाटै लाइसेन्स प्राप्त गर्न पाउँदा खुसी लागेको बताए ।

‎सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले तयार भइसकेको लाइसेन्स पालिकाबाटै उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

#वितरण
Compare →
Hamro Patro News
1w ago
चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित परिवार ...

#वितरण
Compare →
Ekantipur
1w ago
संखुवासभामा तिहारमा प्लास्टिकका माला र फूल बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

संखुवासभामा तिहारमा प्लास्टिकका माला र फूल बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिहिबार सूचना जारी गर्दै जिल्लाभित्रका हटिया, बजार तथा पसलहरूमा प्लास्टिकजन्य माला र फूलको भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।

#वितरण
Compare →

Related Stories

World News
Build #2611