Trending
Prev Story
Next Story

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

Onlinekhabar •
November 03, 2026 • 01:00 PM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै …

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सबै जातजाति र समुदायको समान र एकिकृत विकासबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने बताएका हुन् ।

उनले सबै जातजातिको भाषा, संस्कृति, भेषभुषा, संस्कार र रहनसहन मुलुकको सम्पत्ति भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

कार्यक्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम आदिवासी जनजाति  आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजाति आयोगका सातौं प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजाति आयोगले दिएको २० बुँदे सिफारिशलाई कार्यान्वयन गर्न माग गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नेपाल संवत्ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउने सभापति थापाको विश्वास

नेपाल संवत्ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउने सभापति थापाको विश्वास

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरम...

#एकता #बलियो
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#एकता #बलियो
Compare →
Nagarik News
3d ago
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।

#एकता #बलियो
Compare →

Related Stories

World News
Build #2611