Trending
Prev Story
Next Story

रसेलले एनपीएलमा थप एक खेल खेल्ने

Ekantipur •
November 03, 2026 • 12:02 PM
1
1 reads 0 reactions

चार खेलमा प्रभावशाली प्रदर्शन गरेका रसेल बिहीबार काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रिनेछन्, त्यसपछि उनी अबुधाबी टी–१० लिग खेल्न यूएई जानेछन्।

रसेलले एनपीएलमा थप एक खेल खेल्ने

चार खेलमा प्रभावशाली प्रदर्शन गरेका रसेल बिहीबार काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रिनेछन्, त्यसपछि उनी अबुधाबी टी–१० लिग खेल्न यूएई जानेछन्।

काठमाडौँ — वेस्ट इन्डिजका अलराउन्डर एन्ड्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा थप एक खेल खेल्ने भएका छन् । विराटनगर किंग्सबाट उनले एनपीएलमा ४ खेल खेलिसकेका छन् ।

विराटनगरलाई जनकपुर बोल्ट्सविरुद्धको खेलमा २ रनको रोमाञ्चक विजय दिलाउने क्रममा उनले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । सो क्रममा उनले २९ बलमा अविजित ५२ रन बनाएका थिए भने ४ विकेट पनि लिएका थिए । जनकपुरलाई विजयका निम्ति अन्तिम ओभरमा १३ रन आवश्यक भएको अवस्थामा रसेलले सो ओभरमा १० रनमात्र खर्चेका थिए ।

रसेलले सुदूरपश्चिम रोयल्सविरुद्धको अघिल्लो खेलमा ब्याटिङका क्रममा सबै खाले ट्वान्टी–२० मा १० हजार रन पूरा गरेका थिए । ‘५ वर्ष अगाडि मैले यो लक्ष्य निर्धारण गरेको थिएँ, त्यो पूरा भइसकेको छ,’ रसेलले पत्रकार सम्मेलनका दौरान भने, ‘एउटा फास्ट बलिङ अलराउन्डरको हिसाबमा यो उपलब्धि हात पार्दा म निकै गर्व गर्छु । अबको मेरो लक्ष्य १२ हजार रन रहेको छ ।’

उनले अगाडि भने, ‘अर्को कुनै फास्ट बलिङ अलराउन्डरलाई यो कीर्तिमान तोड्न सजिलै हुँदैन, यदि तोड्नै नै हो भने त्यो सुपरम्यान नै हुनुपर्छ ।’

उनी विराटनगरको पहिलो चार खेल खेल्न नेपाल आएका थिए । नेपालबाट प्रभावित भएर आफूले थप एक खेल खेल्न लागेको बताए । जसअनुरूप बिहीबार काठमान्डु गोर्खाजविरुद्ध हुने खेलमा रसेल विराटनगरको टोलीमा हुनेछन् ।

एनपीएलपछि रसेल अबुधाबी टी–१० लिग खेल्न यूएई जाने छन् । उनले अरेबियन एसेसबाट खेल्ने छन् । सो टोलीका कप्तान मोइन अली रहेका छन् । इंग्ल्यान्डका अलराउन्डर मोइन भने मंगलबार साँझ नै यूएई जान लागेको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले बताए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताए...

#एनपीएल #प्रदर्शन
Compare →
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612