Trending
Prev Story
Next Story

असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान

Onlinekhabar •
November 03, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको …

असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् ।

नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरूलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह उनले गरे ।

‘…एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई पनि के शब्द प्रयोग गर्ने, विद्रोह गरेर आउन भन्ने कि ? सिङ्गै पार्टी लिएर आउन भन्ने कि ? यस अर्थमा त्यति मात्रै होइन, अरु थुप्रै घटकहरू हुनुहुन्छ । उहाँहरूलाई पनि हामीले आह्वान गर्नैपर्छ । मोहनविक्रम सिंहको नेतृत्वको होस्, चाहे मोहन वैद्यजीको नेतृत्व, नेत्रविक्रम चन्दजीलाई समेत म एकतामा आउनको लागि आह्वान गर्न चाहन्छु,’ उनले भने ।

अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरू एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गरे । उनले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरूलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गरे ।

‘नेत्रविक्रमजीसहित मिलेर हामीले समाजवादी मोर्चा बनाएका थियौँ । र त्यो समाजवादी मोर्चाको माध्यमबाट देशव्यापी रुपमा अभियान पनि चलाएका थियौँ । त्यो अभियान शानदार रुपमा सबै ठाउँमा आयोजना भएको थियो । हजारौँ हजार कार्यकर्ताहरू उक्त अभियानमार्फत हाम्रो आन्दोलनमा जोडिनुभएको थियो । सहकार्यको निम्ति आउनका लागि म उपेन्द्र यादवजीलाई समेत आह्वान गर्न चाहन्छु,’ नेपालले भने, ‘राष्ट्रियताको रक्षाको खातिर मिलेर अगाडि बढौँ भन्न सकिन्छ । संविधानको रक्षा गर्नका लागि, गणतन्त्र जोगाउनका लागि, समावेशीताको नीतिलाई जोगाउनका लागि र जनाधिकारको रक्षा गर्नका लागि एकतावद्ध भएर, मिलेर, सहकार्य गरेर अघि बढ्नका लागि उहाँ लगायतका अरु अरु समूहहरूलाई पनि भन्न सकिन्छ ।’

सहसंयोजक नेपालले विगतमा नेत्रविक्रम चन्दसहितका नेताहरूसँग समाजवादी मोर्चा निर्माण गरी देशव्यापी अभियान सञ्चालन गरिएको स्मरण गर्दै उक्त अभियानले हजारौँ कार्यकर्तालाई आन्दोलनमा जोडेको बताए । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा र विभिन्न देशमाथि भइरहेको अमेरिकी हस्तक्षेपका कारण चुनौती बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गरे ।

‘विश्वको कम्युनिष्ट आन्दोलन त्यहाँका नेताहरूले पनि हाम्रो पार्टीप्रति ठूलो आशा र अपेक्षा गरेका छन् । र हामीले पनि अपेक्षा गरेका छौँ । केही समय पहिलेसम्म निराशाको बादल फैलिँदै छ कि भन्ने लाग्ने गर्दथ्यो । कम्युनिष्ट आन्दोलन नै धरासायी हुन्छ कि विश्वभरी नै भन्ने पनि चिन्ता छाएको थियो । त्यसमा पनि अमेरिकी साम्राज्यवादका आक्रामक नीतिहरू देखेपछि विभिन्न देशहरूमाथि उनीहरूले गरिरहेको आक्रमण र त्यसै गरी नेपाललाई पनि उनीहरूले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानको रुपमा ठानिरहेको सन्दर्भमा पनि अनि कतिपयका अभिव्यक्तिहरूबाट कम्युनिष्टहरूको अब काम छैन भन्ने अभिव्यक्तिहरूबाट कतिपयमा परिरहेको असरले पनि कतै निराशा बढ्ने त होइन भन्ने हामीलाई लागिरहेको थियो । तर अब त्यस्तो अवस्था रहेन,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका ...

#आह्वान #काठमाडौं
Compare →
Ekantipur
9h ago
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#आह्वान
Compare →

Related Stories

National (Nepal)
Build #2611