Trending
Prev Story
Next Story

ईजीपी प्रणाली सञ्चालनमा, सुरक्षित र भरपर्दो भएको दाबी

Bizshala •
November 03, 2026 • 10:34 AM
1
1 reads 0 reactions

काठमाडौं। सरकारी खरिद तथा ठेक्का प्रक्रियामा प्रयोग हुने विद्युतीय खरिद प्रणाली (ईजीपी) पुनः सञ्चालनमा आएको छ।मंगलबार...

ईजीपी प्रणाली सञ्चालनमा, सुरक्षित र भरपर्दो भएको दाबी

काठमाडौं। सरकारी खरिद तथा ठेक्का प्रक्रियामा प्रयोग हुने विद्युतीय खरिद प्रणाली (ईजीपी) पुनः सञ्चालनमा आएको छ।

मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले नयाँ संस्करणको ईजीपी प्रणाली उद्घाटन गरेका हुन्।

यसअघि सुरक्षा जोखिम देखिएपछि पुरानो ईजीपी प्रणाली बन्द गरिएको थियो। लामो समय प्रणाली अवरुद्ध हुँदा सरकारी निकायका बोलपत्र र खरिद प्रक्रिया प्रभावित भएका थिए।

कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ संस्करण पुरानो प्रणालीभन्दा सुरक्षित र भरपर्दो रहेको दाबी गरेका छन्।

‘पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ,’ उनले भने।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब सार्वजनिक निकायका अनलाइन बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा अन्य खरिद प्रक्रिया पुनः डिजिटल माध्यमबाट अघि बढ्ने बाटो खुलेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
12h ago
त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ …

#प्रणाली
Compare →
Ekantipur
13h ago
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

#प्रणाली
Compare →
Nagarik News
13h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली
Compare →
Arthasansar
16h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →
Hamro Patro News
1d ago
हिमाल पग्लिँदै, नेपालले माग्यो छुट्टै चेतावनी प्रणाली!

हिमाल पग्लिँदै, नेपालले माग्यो छुट्टै चेतावनी प्रणाली!

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमलाई ध्यानमा राख्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विशेष पूर्वसूचना प्रणाली निर्माण गर्न माग गरेको छ। हाल टर्कीएको अन्ताल्यामा जा...

#प्रणाली
Compare →

Related Stories

Politics & Governance
Build #2612