Trending
Prev Story
Next Story

ज्येष्ठ नागरिक सुविधा पाउँदै टोपबहादुर, कात्तिक २६ गते छुट्ने

Nagarik News •
November 03, 2026 • 10:06 AM
1
1 reads 0 reactions

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ।

ज्येष्ठ नागरिक सुविधा पाउँदै टोपबहादुर, कात्तिक २६ गते छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादी टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले पत्राचार गरेको छ।

काठमाडौं जिल्ला अदालतको तहसिल लगत शाखाले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाउँदै आगामी २०८३ कात्तिक २६ गते रायमाझीलाई थुनामुक्त गर्न निर्देशन दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दा अन्तर्गत रायमाझीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।

सोही मुद्दाको अनुसन्धानका क्रममा उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। पक्राउ परेको दिनदेखि नै अदालतको थुनछेक आदेशअनुसार उनी डिल्लीबजार कारागारमा थुनामा रहेका छन्।

यसै मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते सजाय निर्धारण फैसला गर्दै उनलाई ४ वर्ष कैद सजाय सुनाएको थियो। कैदसँगै अदालतले उनलाई ४० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा १ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने अन्तिम ठहर गरेको थियो।

सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका छन्। अदालतले पठाएको पत्र अनुसार उनी आगामी २०८३ कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदै छन्। कानुनमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिन सकिने व्यवस्था छ।

सोही कानुनी आधारमा टेकेर अदालतले२०८३ कात्तिक १३ गते आदेश जारी गर्दै उनलाई तोकिएको ४ वर्ष कैदमध्ये १ वर्ष कैद छुट दिएको हो। यो छुट पाएपछि उनले कुल ४ वर्षको साटो अब ३ वर्ष मात्र कैद भुक्तान गर्नुपर्ने कायम भएको छ।

अदालतले कैद छुट र जरिवानाबापतको सजायलाई उनी थुनामा बसेको अवधिसँग मिलान गरेको छ। रायमाझीले भुक्तान गर्नुपर्ने ३ वर्षको कैद अवधि २०८० वैशाख २० गतेदेखि सुरु भई मिति २०८३ वैशाख १९ गते नै पूरा भइसकेको छ।

त्यसैगरी, उनलाई तोकिएको ४० हजार रुपैयाँ जरिवाना नतिरेको खण्डमा त्यसबापत थप ४ महिना १४ दिन कैद बस्नुपर्ने कानुनी प्रावधान छ। उक्त ४ महिना १४ दिनको कैद पनि उनी अधिक समय थुनामा बसेको अवधिबाटै कट्टा गरिएको छ।

अदालतका अनुसार २०८३ वैशाख २० गतेदेखि २०८३ असोज ४ गतेसम्म उनी थुनामा बसेको अतिरिक्त अवधिबाट जरिवानाबापतको कैद सजाय असुल भइसकेको छ।

कैद र जरिवानाबापतको सजाय भुक्तान भइसकेको यकिन गर्दै अदालतले रायमाझीलाई रिहा गर्न निर्देशन दिएको छ। तर, थुनामुक्त हुनुअघि उनले अदालतको फैसलाअनुसार क्षतिपूर्तिबापतको १ हजार ६ सय रुपैयाँ दाखिला गर्नुपर्ने सर्त राखिएको छ।

उक्त रकम दाखिला गर्न लगाई अन्य कुनै मुद्दा वा कारणले कैद वा थुनामा राख्न नपर्ने भएमा मात्र उल्लिखित मुद्दाको रोहमा २०८३ कात्तिक २६ गते उनलाई कैदमुक्त गर्न कारागारलाई भनिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १५:५१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
बिजेताझैं टोपबहादुरको फूलमालाले स्वागत, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी थिए

बिजेताझैं टोपबहादुरको फूलमालाले स्वागत, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी थिए

काठमाडौं– बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने क...

#टोपबहादुर #नक्कली #भुटानी
Compare →
Onlinekhabar
1d ago
श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा …

#टोपबहादुर
Compare →
Bizshala
11h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#गते
Compare →

Related Stories

National (Nepal)
Build #2611