Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

Onlinekhabar •
November 03, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए …

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् ।

शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कामीलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष बाँकी थियो ।

त्यस्तै, रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष कैद भुक्तान गर्न बाँकी थियो ।

पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइँदै छ । कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो। प...

#फरार #कैदी #कारागार
Compare →
Nagarik News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

#फरार #कैदी #कारागार
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#फरार #कैदी #कारागार
Compare →

Related Stories

Education & Youth
Build #2612