Trending
Prev Story
Next Story

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

Nagarik News •
November 03, 2026 • 09:19 AM
1
1 reads 0 reactions

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो।

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।

तर, चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो।

असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन्।

घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ।

असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ।

यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट दुई करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए। एएफपी

प्रकाशित: १७ कार्तिक २०८३ १५:०४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
13h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#चोरी #फिर्ता
Compare →
Hamro Patro News
1w ago
बाइनान्सले ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम फिर्ता गर्यो

बाइनान्सले ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम फिर्ता गर्यो

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ । बिहीबार भएको साइबर आक्रमणबाट चोरी भएको रकममध्य...

#चोरी #फिर्ता
Compare →
Ekantipur
1w ago
के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् ।

#फिर्ता
Compare →
Bizshala
1w ago
अफगानी शरणार्थी फिर्ता पठाउँदा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

अफगानी शरणार्थी फिर्ता पठाउँदा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

काठमाण्डौ । तालिवान सरकारले अमेरिकाबाट अफगान आप्रवासीलाई स्वदेश फिर्ता पठाउने प्रक्रियामा जिम्मेवार रूपमा अघि बढ्न...

#फिर्ता
Compare →

Related Stories

Education & Youth
Build #2612