Trending
Prev Story
Next Story

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

Onlinekhabar •
November 03, 2026 • 09:31 AM
1
1 reads 0 reactions

३० असोज, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन …

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

३० असोज, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।

भोलिबाट भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए ।

हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

उनको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् ।

सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो। उनले० सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयमा नर्थ डिभिजनको को रुपमा काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवको रुपमा काम गरेका थिए । त्यसबेला उनले भुटान र नेपालसँग भारतको सम्बन्धकोबारेमा नजिकबाट काम गरेका थिए ।

डलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् ।

विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् ।

दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिङ्टन डी.सी.स्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्त...

#भारतीय #राजदूत #नवनियुक्त
Compare →
Nagarik News
4d ago
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ।

#भारतीय #राजदूत #दलेला
Compare →
Ekantipur
2d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →
Bizshala
4d ago
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए ।...

#राजदूत
Compare →

Related Stories

World News
Build #2612