Trending
Prev Story
Next Story

देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

Onlinekhabar •
November 03, 2026 • 09:31 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ । देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा …

देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ ।

देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो ।

उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् ।

पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको अधिवेशन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।

कोइरालाले यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का ...

#मनोनीत #देउवा #पक्षद्वारा
Compare →
Nagarik News
1w ago
चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा

चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

#दलित
Compare →

Related Stories

World News
Build #2612