१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो …
१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed