Trending
Prev Story
Next Story

न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर

Onlinekhabar •
November 03, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय विशेष सेटिङका …

न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय विशेष सेटिङका कारण न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा परेको भन्ने समाचारले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।

नेता महरले कांग्रेस कानुनी राज्य र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको स्मरण गरेका छन् ।

कुनै व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने प्रयासले राज्यलाई कमजोर बनाउने उनको भनाइ छ ।

‘कुनै व्यक्ति वा प्रवृत्तिको स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने चलखेल गरियो भने त्यसले राष्ट्रिय शक्तिलाई कमजोर पार्दै अराजकता र षड्यन्त्रलाई नै बल पुर्‍याउनेछ,’ महरले भनेका छन् ।

यद्यपि, न्यायपालिकाको स्वतन्त्रताको नाममा संस्थाभित्र उठेका गम्भीर प्रश्नहरूलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ । बाहिर आएका विषयमा निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्नुपर्नेमा नेता महरको जोड छ ।

महरले बलियो राज्य निर्माणका लागि शक्तिशाली सरकार मात्र पर्याप्त नहुने बताएका छन् । सरकार परिवर्तन भइरहने राजनीतिक व्यवस्थामा राज्यका स्थायी संस्थाहरू स्वतन्त्र, सक्षम र जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

उनका अनुसार कुनै पनि राष्ट्रको सामर्थ्य राष्ट्रिय संस्थाहरूको क्षमता, आर्थिक उन्नति र नागरिकको सबलतामा निर्भर रहन्छ। राजनीतिक स्थिरता, संस्थागत क्षमता, आर्थिक समृद्धि र नागरिकको विश्वास एकअर्काका परिपूरक रहेको उनले उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन्। बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ...

#कांग्रेस #स्वीकार्य
Compare →

Related Stories

World News
Build #2611