Trending
Prev Story
Next Story

कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य

Ekantipur •
November 03, 2026 • 08:31 AM
1
1 reads 0 reactions

गत २९ असोजबाट कारोबारमा आएको बेनीको सेयरमा लगानीकर्तालाई ७ गुणाभन्दा बढी नाफा भइसकेको छ ।

कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य

गत २९ असोजबाट कारोबारमा आएको बेनीको सेयरमा लगानीकर्तालाई ७ गुणाभन्दा बढी नाफा भइसकेको छ ।

काठमाडौं — सेयर कारोबारमा आएयता पहिलो पटक बेनी हाइड्रोपावरको सेयर मूल्य घटेको छ । गत २९ असोजबाट कारोबारमा आएको बेनीको सेयरमा लगानीकर्तालाई ७ गुणाभन्दा बढी नाफा भइसकेको छ ।

यसले अंकित मूल्य एक सय रूपैयाँमा सेयर जारी गरेको थियो । नेपाल स्टक एक्सचेन्जमा २७३ रूपैयाँबाट  पहिलो कारोबार भएको यसमा अहिले लगानीकर्तालाई ७ गुणाभन्दा धेरै फाइदा भएको छ ।

२९ असोजबाट लगातार बढेको मूल्य वृद्धिमा अब भने रोक लाग्ने संकेत देखिएको छ ।

हालै कारोबारमा आएको कारण सेयर आपूर्ति कम हुँदा मूल्य बढिरहेको थियो । एउटा निश्चित मूल्य पुगेपछि अहिले लगानीकर्ताहरू यसको सेयर बिक्री गर्न लागेका छन् । सोमबारबाट यसको सेयर कारोबार पनि बढेको छ । सोमबार यसको ९५ हजार कित्ता सेयर बिक्री भएको छ ।

मंगलबार बजार खुल्दा मूल्य ८०६ रूपैयाँ कायम थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
12h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#असोज #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611