Trending
Prev Story
Next Story

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

Onlinekhabar •
November 03, 2026 • 06:31 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो । उता फिस्टेल एयरको नाइन …

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो ।

उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो ।

दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक आपसमा ठोक्किएका थिए ।

दुवै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा...

#हेलिकप्टर #फेरिचे
Compare →
Nagarik News
1w ago
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।

#हेलिकप्टर #एयर
Compare →
Ekantipur
5d ago
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

#हेलिकप्टर
Compare →
Hamro Patro News
1w ago
हेलिकप्टर दुर्घटनामा बितेका बलरामुडुको शव आफन्तलाई हस्तान्तरण

हेलिकप्टर दुर्घटनामा बितेका बलरामुडुको शव आफन्तलाई हस्तान्तरण

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिक बसन्त कुमार बलरामुडुको शव आफन्तले बुझेका छन् ।

#हेलिकप्टर
Compare →
Bizshala
9h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर
Compare →

Related Stories

World News
Build #2611