Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचन : कंग्रेसलाई बहुमत ल्याउन चुनौती

Nagarik News •
November 03, 2026 • 05:31 AM
1
1 reads 0 reactions

अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मंगलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन्।

अमेरिकी मध्यावधि निर्वाचन : कंग्रेसलाई बहुमत ल्याउन चुनौती

अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मंगलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा प्रमुख राज्यहरूको राजनीतिक दिशा निर्धारण गर्ने गभर्नर पदका प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ।

रिपब्लिकनहरू आफ्नो बहुमत जोगाउने प्रयासमा छन् भने डेमोक्रेटिक पार्टीका उम्मेदवारहरू टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिट जित्ने रणनीतिमा छन्।

खुला सिट र कडा प्रतिस्पर्धाका कारण नौ राज्यको निर्वाचन विशेष चासोमा परेको छ।

टेक्सासमा रिपब्लिकन केन प्याक्सटन र डेमोक्रेटिक पार्टीका जेम्स तालारिकोबीच सिनेटका लागि प्रतिस्पर्धा छ।

यसै राज्यमा रिपब्लिकन गभर्नर ग्रेग एबट चौथो कार्यकालका लागि डेमोक्रेटिक पार्टीकी गिना हिनोजोसासँग प्रतिस्पर्धा गर्दै छन्।

सन् १९८८ यता टेक्सासबाट कुनै डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन्।

ओहायोमा पूर्व डेमोक्रेटिक सिनेटर सेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई चुनौती दिए। गभर्नर पदका लागि रिपब्लिकन विवेक रामास्वामी र डेमोक्रेटिक पार्टीकी एमी एक्टन प्रतिस्पर्धामा छन्।

मिशिगनमा सिनेटको रिक्त सिटका लागि रिपब्लिकन माइक रोजर्स र डेमोक्रेटिक पार्टीका अब्दुल एल–सायेदबीच प्रतिस्पर्धा छ।

एल–सायेदलाई मुस्लिम ब्रदरहुडसँग जोड्ने आरोपको उनले खण्डन गरे। गभर्नर पदमा डेमोक्रेटिक पार्टीकी जोसलीन बेन्सन र रिपब्लिकन जोन जेम्स भिड्दै छन्।

जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफले रिपब्लिकन माइक कोलिन्ससँग आफ्नो सिट जोगाउने प्रयासमा छन्।

गभर्नर पदमा रिपब्लिकन रिक ज्याक्सन र डेमोक्रेटिक पार्टीकी केइशा ल्यान्स बटम्सबीच प्रतिस्पर्धा छ।

आयोवामा सिनेटका लागि रिपब्लिकन एश्ले हिन्सन र डेमोक्रेटिक पार्टीका जोश टुरेक तथा गभर्नर पदमा डेमोक्रेटिक पार्टीका रोब स्यान्ड र रिपब्लिकन ज्याक लान प्रतिस्पर्धामा छन्।

विस्कन्सिनमा गभर्नर पदका लागि रिपब्लिकन टम टिफनी र डेमोक्रेटिक पार्टीका डेभिड क्राउलीबीच प्रतिस्पर्धा छ।

नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डो दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका आरोन फोर्डसँग भिड्दै छन्।

मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्स र डेमोक्रेटिक पार्टीका ट्रोय ज्याक्सन प्रतिस्पर्धामा हुनुहुन्छ भने फ्लोरिडामा गभर्नर पदका लागि रिपब्लिकन बायरन डोनाल्ड्स र डेमोक्रेटिक पार्टीका डेभिड जोली तथा सिनेटका लागि रिपब्लिकन एश्ले मूडी र डेमोक्रेटिक पार्टीकी एन्जी निक्सनबीच प्रतिस्पर्धा छ।

यी राज्यका सिनेट र गभर्नर पदका परिणामसँगै प्रतिनिधिसभाका निर्वाचनले पनि अमेरिकी कंग्रेसमा शक्ति सन्तुलन निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ११:१६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#निर्वाचन #मध्यावधि
Compare →
Bizshala
21h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको …

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612