Trending
Prev Story
Next Story

अझै सञ्चालनमा आउन सकेन रुद्रबेणी‐बुर्तिवाङ सडक

Nagarik News •
November 03, 2026 • 04:49 AM
1
1 reads 0 reactions

गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ।

अझै सञ्चालनमा आउन सकेन रुद्रबेणी‐बुर्तिवाङ सडक

पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ।

गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन्। सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखि नै उक्त स्थानमा स्काभेटर र जेसिभी परिचालन गरिएको बताए।

उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ। चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्डअन्तर्गत पर्दछ।

प्रकाशित: १७ कार्तिक २०८३ १०:३४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#गुल्मी #अवरुद्ध
Compare →
Ekantipur
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#गुल्मी #अवरुद्ध
Compare →
Hamro Patro News
4d ago
घोप्टेभीरमा पहिरो पन्छाउन अझै तीन घण्टा लाग्ने

घोप्टेभीरमा पहिरो पन्छाउन अझै तीन घण्टा लाग्ने

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने कार्य जारी छ । सोमबार (कात्तिक २३) बिहान करिब ५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पू...

#अवरुद्ध #अझै
Compare →

Related Stories

Technology
Build #2612