काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने कार्य जारी छ । सोमबार (कात्तिक २३) बिहान करिब ५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरो पन्छाउन तीन मेसिन उपकरण परिचालन गरिएको छ । थप दुई मेसिन परिचालन गर्ने तयारी रहेको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )