Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र डेटा सेन्टर पनि प्रमुख मुद्दा

Ekantipur •
November 03, 2026 • 05:01 AM
1
1 reads 0 reactions

उम्मेदवारहरूले एआईका कारण रोजगारी गुम्ने जोखिम, बढ्दो विद्युत् महसुल, डेटा गोपनीयता र डेटा सेन्टरको वातावरणीय प्रभावबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । १० राज्यका ३८ स्थानीय क्षेत्रमा डेटा सेन्टर रोक्ने वा सिमित गर्ने प्रस्तावमा मतदान हुँदैछ । यसले एआई नियमनको दिशा बदल्न सक्छ ।

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र डेटा सेन्टर पनि प्रमुख मुद्दा

उम्मेदवारहरूले एआईका कारण रोजगारी गुम्ने जोखिम, बढ्दो विद्युत् महसुल, डेटा गोपनीयता र डेटा सेन्टरको वातावरणीय प्रभावबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । १० राज्यका ३८ स्थानीय क्षेत्रमा डेटा सेन्टर रोक्ने वा सिमित गर्ने प्रस्तावमा मतदान हुँदैछ । यसले एआई नियमनको दिशा बदल्न सक्छ ।

काठमाडौँ —  अमेरिकामा मंगलबार (नेपाली समय अनुसार कार्तिक १७ को साँझबाट) हुन लागेको मध्यावधि निर्वाचनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा सेन्टरको विस्तार र चीनसँगको प्रविधि प्रतिस्पर्धा पनि प्रमुख मुद्दा बनेका छन् ।

उम्मेदवारहरूले एआईका कारण रोजगारी गुम्ने जोखिम, विद्युत् महसुल वृद्धि, डेटा गोपनीयता र ठूला डेटा सेन्टरको वातावरणीय प्रभावबारे मतदातालाई आश्वस्त पार्न खोजिरहेका छन् । खस्किँदो अर्थतन्त्र र अकासिएको महँगीबारे पनि आफूले त्यसमा काम गर्ने प्रतिवद्दता जनाइरहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

वासिङ्टन पोस्ट ले करिब १ हजार २ सय उम्मेदवारका वेबसाइट विश्लेषण गर्दै प्रकासित गरेको समाचारमा झन्डै ४० प्रतिशत निर्वाचन क्षेत्रमा एआई वा डेटा सेन्टरसम्बन्धी विषय महत्वपूर्ण रूपमा अघि सारिएको उल्लेख छ । चर्चित र प्रभावशाली उम्मेद्वार र निर्वाचन प्रचारकका सामाजिक सञ्जाल पोस्ट र सार्वजनिक अभिव्यक्तिमा पनि प्रविधि क्षेत्र अमेरिकी चुनावी बहसको महत्त्वपूर्ण विषय बन्दै गएको देखाउँछ ।

अमेरिका विभिन्न राज्यमा बढ्दो डेटा सेन्टर विस्तारविरुद्धको विरोधले आसन्न चुनावमा बलियो प्रवेश पाएको छ । रोयटर्समा प्रकाशित यस समाचार अनुसार मंगलबार १० राज्यका ३८ स्थानीय क्षेत्रमा डेटा सेन्टर निर्माण रोक्ने, सिमित गर्ने वा नयाँ सर्त लागू गर्ने विषयमा कम्तीमा ४१ वटा प्रस्तावमाथि मतदान हुँदै छ । ओहायोमा मात्रै यस्ता २१ प्रस्ताव छन् । डेटा सेन्टरले अत्यधिक विद्युत् र पानी खपत गर्ने, स्थानीय जग्गाको उपयोगमा असर पार्ने र स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् । ‘एआई पहिलेका चुनावमा कसैको चासोको विषय थिएन, अहिले यो सर्वव्यापी भएको छ,’ भर्जिनिया विश्वविद्यालयका निर्वाचन विश्लेषक काइल कोन्डिकले वासिङ्टन पोस्टसँग भनेका छन् ।

सन् २०२६ लागेयता अहिलेसम्म १ लाखभन्दा बढी व्यक्तिले प्रविधि क्षेत्रका रोजगारीबाट अवकाशको सामना गरेका छन् । अमेरिकाका ठूला प्रविधि कम्पनीले मात्र यो अवधिमा झन्डै ३२ हजारलाई रोजगारीबाट हटाएको ‘गो लेअफ’ को तथ्यांक छ । यीमध्ये ठूलो संख्यालाई एआई प्रिवधिका कारण भएको अवकाशका रूपमा हेरिएको छ । अलेक्जान्ड्रिया अकासियो कर्टेज, रो खन्ना, ग्रेग कजरजस्ता नेताले चुनावी सम्बोधनका क्रममा एआईका कारण बढेको रोजगारी संकटका विषयलाई प्रमुख रूपमा उठाउँदै आएका छन् । यस्तै, वर्ष २०२६ को १० महिनामा मात्र डेटा सेन्टर विस्तारको विषयलाई लिएर अमेरिका विभिन्न राज्यमा झन्डै ३३० भन्दा बढी प्रदर्शन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

डेटा सेन्टरसम्बन्धी विरोधले उम्मेदवारका चुनावी अडानसमेत बदलिरहेको छ । टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले यसअघि डेटा सेन्टर उद्योगलाई समर्थन गर्दै आए पनि आलोचनापछि केही परियोजनाको स्वीकृति रोक्ने निर्णय गरेका छन् । उनका डेमोक्रेटिक प्रतिस्पर्धी जिना हिनोजोसाले कडा नियम नबनेसम्म नयाँ डेटा सेन्टर निर्माण रोक्नुपर्ने बताएकी छन् । ओहायोका गभर्नर पदका उम्मेदवार विवेक रामास्वामीले डेटा सेन्टरनजिक बस्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउन कम्पनीहरूलाई आग्रह गरेका छन् । टेक्ससबाट सिनेटका उम्मेदवार जेम्स तालारिकोले चीनलगायत प्रतिद्वन्द्वी राष्ट्रको पहुँचमा उन्नत एआई चिप पुग्न नदिन निर्यात नियन्त्रण कडा बनाउनुपर्ने धारणा राखेका छन् । एक्सिओसका अनुसार डेटा सेन्टरसम्बन्धी विरोधले रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका उम्मेदवारलाई आफ्नो अडान स्पष्ट पार्न दबाब दिएको छ ।

डेटा सेन्टरको विस्तारसँगै एआईबाट रोजगारी गुम्ने जोखिम र प्रविधि क्षेत्रका अर्बपतिहरूको बढ्दो प्रभाव पनि राजनीतिक बहसमा आएको छ । प्रभावशाली सिनेटर बर्नी स्यान्डर्सले एआई डेटा सेन्टर निर्माणमा संघीय रोक लगाउनुपर्ने प्रस्तावसहित प्रविधि क्षेत्रका धनाढ्यले अर्बौं डलर खर्च गरेर चुनावमा अवाञछित प्रभाव पार्न खोजेको आरोप लगाउँदै आएका छन् । स्यान्डर्सले इलन मस्क, मार्क जकरबर्ग, जेफ बेजस र पिटर थिलजस्ता प्रविधि क्षेत्रका अर्बपतिले आम नागरिकको भविष्य निर्धारण गर्न नहुने बताएका छन् । उनले एआई र रोबोटिक्सबाट हुने आर्थिक लाभ केही अर्बपतिको हातमा मात्रै सिमित हुन नहुने र प्रविधिसम्बन्धी निर्णयमा सर्वसाधारणको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् । त्यस्तै, मिशिगन राज्यबाट सिनेटका डेमोक्रेटिक उम्मेदवार अब्दुल एल-सयदले पनि डेटा सेन्टर विस्तार र त्यसमा जोडिएको कर्पोरेट प्रभावलाई चुनावी मुद्दा बनाएका छन् । द न्युयोर्करसँगको कुराकानीमा उनले स्थानीय समुदायलाई ठूला कम्पनी र राजनीतिक प्रभावबाट जोगाउनुपर्ने बताएका थिए ।

निर्वाचनको नतिजाले एआई नियमन, प्रविधि क्षेत्रमा लगानी र अमेरिका-चीन प्रतिस्पर्धाको दिशासमेत प्रभावित पार्न सक्ने विश्लेषण भइरहेको छ । रोयटर्सका अनुसार लगानीकर्ताले संसद्मा कुन दलको बहुमत हुन्छ भन्ने आधारमा एआई कम्पनी र डेटा सेन्टरमाथि निगरानी तथा नियमन कति कडा हुन्छ भन्ने नियमनको आँकलन गरिरहेका छन् ।

यस निर्वाचन प्रक्रियामा राजनीतिक विज्ञापनमा ११ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुने र यो अमेरिकी ईतिहासकै महंगो निर्वाचन हुने सञ्चार माध्यमहरूको अनुमान छ । विज्ञापन अनुगमन गर्ने संस्था ‘एड इम्प्याक्ट’का अनुसार फेसबुक, गुगल, स्न्यापच्याट र एक्सजस्ता डिजिटल प्लाटफर्ममा मात्रै १ अर्ब ६० करोड डलर खर्च हुने प्रक्षेपण छ । अर्बौं डलर खर्चेर टेलिभिजन र अन्य माध्यममा प्रसारित विज्ञापनमा पनि प्रविधि, एआई र डेटा सेन्टरका विषय बाक्लिएको वासि्ङटन पोस्टको विश्लेषण छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
14h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#डेटा #सेन्टर
Compare →
Hamro Patro News
1d ago
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल ...

#एआई
Compare →
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#एआई
Compare →

Related Stories

Technology
Build #2611