Trending
Prev Story
Next Story

जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Ekantipur •
November 03, 2026 • 05:01 AM
1
1 reads 0 reactions

विद्यार्थीका कापी–किताब पहिरोमा पुरिएको समाचार प्रकाशित भएपछि फाउन्डेसनले स्थानीय सरकारसँग समन्वय गरी प्रभावित बालबालिकाका लागि सहयोग जुटाएको हो।

जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीका कापी–किताब पहिरोमा पुरिएको समाचार प्रकाशित भएपछि फाउन्डेसनले स्थानीय सरकारसँग समन्वय गरी प्रभावित बालबालिकाका लागि सहयोग जुटाएको हो।

जाजरकोट — जाजरकोटको भेरी नगरपालिका–२ र ३ का बाढीपहिरो प्रभावित करिब ३०० विद्यार्थीलाई सहज फाउन्डेसनले शैक्षिक सामग्री सहयोग गरेको छ ।

गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले संस्थाले सोमबार विभिन्न सामुदायिक विद्यालयमा स्टेशनरी सामग्री वितरण गरेको हो ।

फाउन्डेसनले भेरी नगरपालिका–२ रिसाङ र वडा नं. ३ स्याँलाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, किताबलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

गत भदौ ६ गते कान्तिपुर दैनिकमा ‘बाढी प्रभावितका विद्यार्थीका कापी किताब पहिरोमा पुरिए’ शीर्षकमा समाचार प्रकाशित भएपछि संस्थाले सहयोगका लागि चासो देखाएको थियो । भेरी नगरपालिकाकासँग समन्वय गरी करिब ३०० विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष हरिकृष्ण बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार विष्णु प्राथमिक विद्यालय, नरज्योति प्राथमिक विद्यालय र त्रिभुवन आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री सहयोग गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा जाजरकोटका संघीय सांसद खड्कबहादुर बुढा, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, सम्बन्धित वडाका अध्यक्षलगायत सहभागी थिए ।

कार्यक्रममा सांसद बुढाले विपद्‌बाट प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग गरेको भन्दै सहज फाउन्डेसनप्रति आभार व्यक्त गरे । सरकारले गर्नुपर्ने काम सामाजिक संस्थाले गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

फाउन्डेसनले सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि जाजरकोटका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको स्वास्थ्य सेवा र शैक्षिक अवसर विस्तारका लागि स्थानीय समुदाय तथा सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

#बाढी-पहिरो #प्रभावित #बाढीपहिरो
Compare →
Hamro Patro News
1w ago
बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनः स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य पराम...

#बाढी-पहिरो #प्रभावित
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#बाढी-पहिरो #प्रभावित
Compare →

Related Stories

Education & Youth
Build #2611