Trending
Prev Story
Next Story

बर्दियामा एकैदिन ब्राउन सुगरसहित ६ जना पक्राउ

Ekantipur •
November 03, 2026 • 04:32 AM
1
1 reads 0 reactions

बढैयाताल र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ परेकाहरूको साथबाट लागुऔषध, मोबाइल तथा नगद बरामद भएको छ।

बर्दियामा एकैदिन ब्राउन सुगरसहित ६ जना पक्राउ

बढैयाताल र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ परेकाहरूको साथबाट लागुऔषध, मोबाइल तथा नगद बरामद भएको छ।

बर्दिया — बर्दियामा प्रहरीले सोमबार एकैदिन ६ जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाका चार र बारबर्दिया नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट चार र बारबर्दिया नगरपालिका–६ जयनगरबाट दुई जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ, मोबाइल र नगद बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार बढैयाताल गाउँपालिका–८ कण्ठपुरका २३ वर्षीय जस्टिम सिंहको साथबाट १ ग्राम ४० मिलिग्राम लागुऔषध, पाँच थान इन्फिनिक्स मोबाइल र ५ हजार ६ सय ५० रुपैयाँ बरामद भएको छ ।

त्यस्तै, बढैयाताल गाउँपालिका–५ जगतियाका २२ वर्षीय आशिष थारु र बाँसगढी नगरपालिका–५ हस्नापुरका २४ वर्षीय आकाश थारुको साथबाट ६ सय ६० मिलिग्राम खैरो हिरोइन र तीन थान मोबाइल बरामद भएको डीएसपी बोहोराले बताए ।

बढैयाताल गाउँपालिका–६ रानीपुरबाट बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका २७ वर्षीय मनबहादुर थापा र सोही ठाउँका २७ वर्षीय प्रवीण गुरुङ पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बारबर्दिया नगरपालिका–७ सिउनियाका २९ वर्षीय दिलीप रावतको साथबाट ६० मिलिग्राम लागुऔषध र २१ हजार २ सय ७५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ

उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बुधबार साँझ लगभग एउटै समयमा फरक २ ठाउँबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेको...

#ब्राउन #सुगरसहित
Compare →

Related Stories

National (Nepal)
Build #2611