Trending
Prev Story
Next Story

बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

Bizshala •
November 03, 2026 • 04:03 AM
1
1 reads 0 reactions

काठमाडौं। बाढी, पहिरो तथा विकास निर्माणका कार्यका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल...

बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

काठमाडौं। बाढी, पहिरो तथा विकास निर्माणका कार्यका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा आकाशे पुल निर्माणका लागि आज बिहान ९ देखि ११ बजेसम्म सडक बन्द गरिने भएको छ।

त्यस्तै, काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिनथली र गिम्दीबेशीमा पहिरो खसेपछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु सडक खण्डमा बाढीले पुल अवरुद्ध हुँदा यातायात ठप्प छ। यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमा पहिरोका कारण अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612