Trending
Prev Story
Next Story

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

Ekantipur •
November 03, 2026 • 04:02 AM
1
1 reads 0 reactions

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ ।

हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
16h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #घाइते
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
6h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर
Compare →
Arthasansar
14h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

Sports
Build #2611