Trending
Prev Story
Next Story

एक महिनाभित्र भूमि प्रशासन सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

Bizshala •
November 03, 2026 • 03:03 AM
1
1 reads 0 reactions

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई एक महिनाभित्र अनिवार्य रूपमा भूमि...

एक महिनाभित्र भूमि प्रशासन सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयको भूमि प्रशासन शाखाले कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म २२५ स्थानीय तहबाट सेवा सञ्चालनका लागि आशयपत्र प्राप्त भएको छ। तीमध्ये एक उपमहानगरपालिका, २० नगरपालिका र १२ गाउँपालिकाले सेवा सुरु गरिसकेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत मालपोत ऐन, २०३४ मा गरिएको संशोधनले रजिस्ट्रेसनसम्बन्धी काम स्थानीय तहबाट समेत गर्न सक्ने व्यवस्था गरेको छ। सोही कानुनी व्यवस्थाका आधारमा मन्त्रालयले बाँकी स्थानीय तहलाई पनि एक महिनाभित्र सेवा सञ्चालन गर्न ताकेता गरेको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
9h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →

Related Stories

Politics & Governance
Build #2612