कतिपयले बालेन सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियन्त्रणबाहिर गएको भन्दै चर्चा, चिन्ता र टिप्पणी गरिरहेका छन्। सरकारलाई कसरी सही बाटोमा ल्याउने भनेर रास्वपा नेतृत्वलाई टिप्स दिनेहरूको पनि कमी छैन। सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेका निरन्तरका प्रहारपछि पत्रकारहरूले समेत सरकारमाथि पार्टीको हस्तक्षेप आवश्यक रहेको आशयका अभिव्यक्ति दिएको देखिन्छ।
सरकारका गतिविधिमाथि प्रश्न उठ्नु, प्रधानमन्त्रीको कार्यशैलीको समीक्षा हुनु र सत्तारूढ दलले सरकारलाई सचेत गराउनु स्वाभाविक हो। तर, सरकारलाई पार्टी र यसका सभापति रवि लामिछानेले बाहिरैबाट नियन्त्रण गर्नुपर्ने निष्कर्षमा पुग्नु भने गलत हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )