Trending
Prev Story
Next Story

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

Onlinekhabar •
November 03, 2026 • 12:30 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई …

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

१७ कात्तिक, काठमाडौं । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।

किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ ।

विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइमार्फत पानी उपलब्ध गराइएको छ ।

त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्याइरहेको छ ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर धानबालीका लागि निरन्तर सञ्चालनमा रहेका छन् । बाली लगाउने र उत्पादन गर्ने समयमा किसानलाई पानीको अभाव हुन नदिन निर्माण तथा मर्मतसम्भारका काम बाली भित्र्याएपछि गर्नेगरी कार्यतालिका मिलाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई नियमित पानी उपलब्ध गराउनु विभागको प्राथमिकतामा छ । सोहीअनुसार नहर सञ्चालनलाई निरन्तरता दिँदै निर्माणका कामलाई अनुकूल समयमा अघि बढाउने व्यवस्था गरिएको छ ।

यसैबीच, पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको छ । पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा तीन हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको महानिर्देशक रजौरियाले जानकारी दिए ।

त्यस्तै, सिक्टा र बबई सिँचाइ आयोजनासहित गत भदौ मसान्तसम्म मुलुकभर करिब २०० हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार भएको विभागले जनाएको छ । सिँचाइ प्रणालीको विस्तार र सञ्चालनले कृषि उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नेपाल...

#सिँचाइ #जलस्रोत
Compare →
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#पूर्ण
Compare →
Bizshala
1d ago
न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

#प्रणाली
Compare →
Ekantipur
2d ago
बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा सहभागी वक्ताहरूले बहुप्रकोपको जोखिम र मानवीय क्षति कम गर्न पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको प्रयोग र संस्थागत समन्वय प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

#प्रणाली
Compare →
Arthasansar
13h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Business & Economy
Build #2611