Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजको खेल

Ekantipur •
November 02, 2026 • 04:02 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

कसिलो बलिङ गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजमाथि ५ विकेटको विजय हात पारेको छ ।टस हारेपछि ब्याटिङको निम्तो पाएको चितवनलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले १२९/६ को स्कोरमा रोकेको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

खेलको सुरुआत सातौं स्थानमा रहेर गरेको सुदूरपश्चिम यस जितपछि तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले चौथो खेलमा दोस्रो विजय हात पारेको हो । चितवनको तेस्रो खेलमा यो पहिलो पराजय हो । टोली ३ अंकसहित चौथो स्थानमा छ ।सुदूरपश्चिमका ओपनरद्वय सैफ जैब २ र विनोद भण्डारी ११ रनमा आउट भए । अघिल्लो खेलमा ड्रप गरिएका ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए । उनले क्रिजमा आउनेबित्तिकै रिजन ढकाललाई एकै ओभरमा ३ चौका र १ छक्का प्रहार गरे ।

तर रञ्जित कुमारले लगातार बलमा म्याकमुलन र कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट गरी चितवनलाई आशा देखाएका थिए । दीपेन्द्र पहिलो बलमै बोल्ड भए । इशान पाण्डे २९ बल खेली २ चौका प्रहार गरी २५ रनमा आउट भए ।आरिफ शेखले अविजित २० र शेरफेन रदरफोर्डले २१ रन बनाई सुदूरपश्चिमलाई जित दिलाए । आरिफले २६ बल खेली १ चौका र रदरफोर्डले १५ बल खेली २ चौका र १ छक्का प्रहार गरे । चितवनबाट रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रिजन र मौसम ढकालको नाममा १–१ विकेट रह्यो ।

यसअघि चितवनले देव खनाललाई ७ रनमै गुमाएको थियो । अर्का ओपनर डेविड मलान १७ बल खेली १ चौका प्रहार गरी १६ र अर्जुन साउद १६ बल खेली समान १ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए ।चितवनको कप्तानी सिकन्दर रजाले गरेका थिए । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण रजा भने त्यो खेलमा थिएनन् । अघिल्ला दुई सिजन कप्तानी गरेका कुशल मल्ल सोमबारको खेलमा पनि प्लेइङ ११ मा रहेका छैनन् । रजाले २० बल खेली १ चौकासहित १५ रनमात्र बनाउन सके । उनलाई देब्रेहाते स्पिनर अनिल खरेलले आउट गरे । बोपाराले सर्वाधिक ४९ रन बनाए । सो क्रममा उनले सबै खाले ट्वान्टी–२० मा १० हजार रन पूरा गरेका थिए । बोपाराले ४० बलको इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे । सुदूरपश्चिमका स्कट कुग्लेनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्र र अनिलले १–१ विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले प्लेअफ सम्भावना कायम राखेको छ। शुक्रबार भएको दिनको दोस्रो खेलमा चितवनले जनकपुरालई ४ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको हो।

#एनपीएल #चितवन #तस्बिर
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #चितवन
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2612