Trending
Prev Story
Next Story

सालका रुख अवैध रुपमा कटान

Onlinekhabar •
November 02, 2026 • 02:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने …

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ ।

खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख काटेको भेटिएको छ ।

चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेले सामुदायिक वन क्षेत्रमा सालका रूख कटान गरेर ढालेको पाइएको जानकारी दिए।

उनले भने, “कसले र कुन प्रयोजनका लागि कटान गरेको हो भन्ने अझै खुल्न सकेको छैन । कटान गरिएका गोलिया रुखहरु वन क्षेत्रमै अलपत्र अवस्थामा छन् ।”

सालका रूख अवैध रुपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

सामुदायिक वनमा भएको अवैधरुपमा सालका रुख कटानका घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको जनाइएको छ ।

उपभोक्ता समितिले वन क्षेत्रमा रहेका सालका रूख ढालेको अवस्थाबारे अनुगमन गरी घटनाको तथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

सामुदायिक वन क्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रूख काटिदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताएका छन्। सव–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले सामुदायिक वन क्षेत्रमा भएको सालका रुख कटानको घटनामा स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण सङ्कलन गरिने बताएका छन्।

उहाँका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रियासमेत अघि बढाइने भएको छ । वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सिमाना यकिन हुन नसकेकाले नापी टोलीको सहयोगमा जग्गाको सिमाना छुट्याइने वन अधिकृत घिमिरेले जानकारी दिएका छन्।

सीमा निर्धारण भएपछि सालका रुख कटान भएको क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर थप अनुसन्धान अघि बढाइने भएको हो । स्थानीयवासीले सालका रूख कटानमा संलग्न व्यक्तिको पहिचान नखुले पनि काठ तस्करीको उद्देश्यले रुख ढालिएको हुन सक्ने आशंका गरिएको छ ।

खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा सखुवाका रूख कटान भएको घटनाले जिल्लाका सामुदायिक वनको संरक्षण तथा निगरानीमाथिसमेत प्रश्न उब्जाएको छ ।

नेपालमा साल पर्यावरण र आर्थिक दृष्टिकोणले नेपालको संरक्षित र प्रतिबन्धित वन पैदावारअन्तर्गत पर्छ । नेपालको वन ऐन, २०७६ अन्तरर्गत सालको रुख अवैध रुपमा कटानलाई गम्भीर अपराध मानिन्छ । वन ऐन बमोजिम बिना अनुमति सालका रुख कटान वा नोक्सान पुर्याएमा कडा कानुनी कारबाही र सजाय हुन्छ ।

सालको रुख काटेर वन क्षेत्र फँडानी गर्ने, खनजोत गर्ने वा घर÷टहरो बनाएको पुष्टि भएमा अधिकतम पाँच वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ ।

#कटान #रुख
Compare →
Nagarik News
2d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

#अवैध
Compare →
Hamro Patro News
2d ago
आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २५ गते बुधबार सन् २०२६ नोभेम्बर ११ तारिख। कार्तिक शुक्ल पक्षको द्वितीया तिथि। भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती र किजा पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्र...

#साल
Compare →

Related Stories

National (Nepal)
Build #2612