Trending
Prev Story
Next Story

तिहारअघि झिलिमिली बत्ती आयातमा ६४ करोड खर्च, मूल्य बढ्यो परिमाण घट्यो

Bizshala •
November 02, 2026 • 01:33 PM
1
1 reads 0 reactions

काठमाण्डौ ।  तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६४ करोड ५२ लाख रुपैयाँ बराबरको...

तिहारअघि झिलिमिली बत्ती आयातमा ६४ करोड खर्च, मूल्य बढ्यो परिमाण घट्यो

काठमाण्डौ ।  तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती भित्रिएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस हिसाबले यस वर्ष आयात मूल्य करिब ८ प्रतिशत बढेको छ भने परिमाण करिब २७ प्रतिशत घटेको छ।

विद्युतीय व्यवसायीहरूका अनुसार कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको महँगो विनिमय दर र ढुवानी खर्च बढ्दा झिलिमिली बत्तीको लागत उल्लेख्य रूपमा बढेको हो।

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ।

उनका अनुसार झिलिमिली बत्ती निर्माणमा प्रयोग हुने तामाको तार, प्लास्टिक र अन्य कच्चा पदार्थको मूल्य चीनलगायत स्रोत बजारमै बढेको छ। नेपालमा आयात हुने अधिकांश विद्युतीय सामग्री तथा कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्।

डलरको विनिमय दर बढ्नु पनि आयात लागत बढ्नुको अर्को प्रमुख कारण बनेको छ। अघिल्लो वर्षको तुलनामा डलर महँगिँदा विदेशबाट ल्याइने सामग्रीको प्रतियुनिट लागत थप बढेको व्यवसायीको भनाइ छ।

ढुवानी खर्चमा भएको उछालले पनि बजार मूल्यमा थप दबाब परेको छ।

व्यवसायीका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनर ल्याउँदा २ हजारदेखि २ हजार २०० अमेरिकी डलर खर्च हुने गरेकोमा अहिले ६ हजार डलरसम्म तिर्दासमेत कन्टेनर सहजै नपाइने अवस्था छ।

यसरी ढुवानी खर्च झन्डै तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्तामाथि परेको छ।

चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन समस्या हुँदा पनि आयात खर्च बढेको व्यवसायी बताउँछन्। केरुङबाट तुलनात्मक रूपमा सस्तो पर्ने सामान अहिले वीरगन्जलगायत अन्य नाका हुँदै घुमाएर ल्याउनुपर्ने अवस्था रहेको छ।

बजारमा तिहार लक्षित झिलिमिली बत्तीको माग रहे पनि आपूर्ति पक्ष कमजोर देखिएको छ। अघिल्लो वर्षको तुलनामा धेरै व्यवसायीसँग पर्याप्त मौज्दात नरहेको बताइएको छ।

कच्चा पदार्थ, डलर र ढुवानी खर्च तीनैतिरबाट लागत बढेकाले यस वर्ष तिहारमा झिलिमिली बत्ती गत वर्षभन्दा महँगो पर्ने व्यवसायीहरूको अनुमान छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
चालु आवको ३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती

चालु आवको ३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती

काठमाडौं । चाडबाड तथा उत्सवमा सजावटका लागि उपयोग हुने झिलिमिली बत्तीको माग तिहार तथा छठमा अझ बढी हुने गरेको छ । यस्ता झिलिमिली बत्ती सबैभन्दा बढी चीनबाट आयात हुन्छ । त्यसपछि भारतबाट आयात हुने भन्स...

#बत्ती #झिलिमिली #आयात
Compare →
Ekantipur
5d ago
झिलिमिली काठमाडौं

झिलिमिली काठमाडौं

तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ ।

#बत्ती #झिलिमिली
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#आयात #घट्यो
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा …

#झिलिमिली
Compare →

Related Stories

World News
Build #2612