Trending
Prev Story
Next Story

सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक प्रोपागाण्डा र नाफा बुकिङले ठूलो करेक्सन'

Bizshala •
November 02, 2026 • 01:03 PM
1
1 reads 0 reactions

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा कायम भएको छ ।...

सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक प्रोपागाण्डा र नाफा बुकिङले ठूलो करेक्सन'

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड ९८ लाख २२  हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड  रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्नेमा विकास बैंक समूह १.८८ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह १.०७ प्रतिशत, फाइनान्स समूह १.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६३ प्रतिशत, हाइड्रो समूह १.०८ प्रतिशत, लगानी समूह १.४२ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९० प्रतिशत, माइक्रोफाइनान्सको १.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७३ प्रतिशत, निर्जीवन बीमा समूह १.७२ प्रतिशत, व्यापार समूह ०.८६ प्रतिशत र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।

सेयरबजारमा पछिल्लो समय विस्तारै सुधारको संकेत देखिए पनि राजनीतिक घटनाक्रमबाट सिर्जित मनोवैज्ञानिक दबाब र अल्पकालीन नाफा बुकिङका कारण सोमबार बजारमा दोहोरो अंकको करेक्सन देखिएको बजार जानकार दामोदर गजुरेलले बताएका छन्।

उनका अनुसार पछिल्ला केही दिनमा बजारको लय सकारात्मक बन्दै गएको भए पनि राजनीतिक वृत्तबाट आएका केही विषयले लगानीकर्ताको आत्मविश्वासमा सामान्य असर पारेको छ।

‘सेयरबजारमा विस्तारै सुधार देखिएको छ। तर केही राजनीतिक प्रोपागाण्डाका कारण लगानीकर्ताको कन्फिडेन्स केही कमजोर हुँदा आज बजार घटेको हुनसक्छ,’ गजुरेलले भने।

प्रधानमन्त्रीको पछिल्लो स्टाटसले समेत निजी क्षेत्र र ठूला व्यवसायीमा एक किसिमको निराशा तथा असन्तुष्टि सिर्जना गरेको उनको बुझाइ छ। यस्तो वातावरणले बजारमा तत्कालका लागि मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनले बताए।

गजुरेलले धितोपत्र बोर्डले ल्याएको १० लाख रुपैयाँसम्बन्धी नीतिगत व्यवस्थाको प्रभावसमेत बजारमा केही हदसम्म परेको बताए।

उनका अनुसार पछिल्ला दुई–तीन कारोबार दिन लगातार बढेको हाइड्रोपावर समूहमा सोमबार लगानीकर्ताले नाफा बुक गर्दा बिक्री दबाब बढेको हो।

आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ १३.५८ प्रतिशतले बढेर ८०६ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोको ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोको ५.४७ प्रतिशत, एनआइसी एशिया बैंकको ३.०२ प्रतिशत, बुटवल पावरको २.४८ प्रतिशत, युनिलिभर नेपालको २.३९ प्रतिशत, रिलायबल समृद्धि योजनाको १.७९ प्रतिशत, गरिमा डिबेञ्चरको १.५६ प्रतिशत, अप्पर लोहरे खोलाको १.५६ प्रतिशत, मेन्छियाम  हाइड्रोको १.५२ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक गुमाउने स्टकमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । यो स्टकको मूल्य ४.८६ प्रतिशत घटेर ९.२१ रुपैयाँ काय मभएको छ ।

त्यस्तै, झापा इनर्जीको ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.८३ प्रतिशत, माउन्ट एभरेष्ट पावरको ३.५६ प्रतिशत, नेपाल लाइफ समृद्धि योजनाको ३.५२ प्रतिशत, रिलायन्स फाइनान्सको ३.४४ प्रतिशत, बन्दिपुर केबलकारको ३.४३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.४२ प्रतिशत र प्रभु सेलेक्ट फण्डको  ३.३९ प्रतिशतले घटेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
12h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #गिरावट
Compare →
Ekantipur
1w ago
नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

आजको बजारमा CREST र GCIL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →
Hamro Patro News
1w ago
अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा

अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा

काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि सेयर बजारमा भारी गिरावट आएको छ । यसबाट अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको बजार मूल्यमा सयौँ अर्ब डलरको क्षति पुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई...

#शेयर-बजार #गिरावट
Compare →
Onlinekhabar
13h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक
Compare →
Nagarik News
1w ago
धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

#गिरावट
Compare →

Related Stories

Business & Economy
Build #2612