Trending
Prev Story
Next Story

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

Onlinekhabar •
November 02, 2026 • 01:01 PM
1
1 reads 0 reactions

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना …

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका क्रममा सीमा नजिक रहेको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेको दासको मोटरसाइकलको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

नियन्त्रणमा लिएको व्यक्ति, बरामद गरिएको रकम तथा सवारीसाधनका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानी बढाएको हो।

#मोटरसाइकल #नियन्त्रण
Compare →
Hamro Patro News
1d ago
हराएको ४ लाख भारुको मोटरसाइकल ४ दिनमै भेटिएपछि भारतीय युट्युबरले दिए नेपाल प्रहरी र सरकारलाई धन्यवाद

हराएको ४ लाख भारुको मोटरसाइकल ४ दिनमै भेटिएपछि भारतीय युट्युबरले दिए नेपाल प्रहरी र सरकारलाई धन्यवाद

​काठमाडौँ- नेपाल घुम्न आएका एक चर्चित भारतीय ट्राभल भ्लगर तथा कन्टेन्ट क्रिएटरले काठमाडौँबाट हराएको आफ्नो महँगो मोटरसाइकल मात्र ४ दिनमा फेला पारिदिएको भन्दै नेपाल प्रहरी र सरकारप्रति हार्दिक आभार प...

#मोटरसाइकल #भारतीय
Compare →
Ekantipur
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

#मोटरसाइकल
Compare →

Related Stories

World News
Build #2611